साहारा सहकारी ठगी : रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । मङ्गलबार लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरूद्ध ठगी तथा सङ्गठित अपराध अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । १५ जना प्रतिवादीमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, […]

Feb 4, 2025 - 08:48
 0
साहारा सहकारी ठगी : रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ ।

मङ्गलबार लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरूद्ध ठगी तथा सङ्गठित अपराध अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

१५ जना प्रतिवादीमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।

साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको अनुसन्धान प्रतिवेदनमा देखिन्छ ।

यसअघि सोही मुद्दामा असोज ८ गते १७ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register