चालु आवमा सार्वजनिक संस्थानले कमाए ४२ अर्ब ६२ करोड

काठमाडौं । नेपालमा सञ्चालित सार्वजनिक संस्थानले आर्थिक वर्ष २०८१/८२ मा ४२ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन् । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ को समीक्षाअनुसार सार्वजनिक संस्थानले चालु आवको आठ महिनामा साढे ४२ अर्बभन्दा बढी नाफा कमाएका हुन् । नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी […]

May 29, 2025 - 09:44
 0
चालु आवमा सार्वजनिक संस्थानले कमाए ४२ अर्ब ६२ करोड

काठमाडौं । नेपालमा सञ्चालित सार्वजनिक संस्थानले आर्थिक वर्ष २०८१/८२ मा ४२ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ को समीक्षाअनुसार सार्वजनिक संस्थानले चालु आवको आठ महिनामा साढे ४२ अर्बभन्दा बढी नाफा कमाएका हुन् ।

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ वटा नाफा रहँदा सो बराबरको नाफा आर्जन भएको हो । १५ वटा संस्थान नोक्सानमा हुँदा २ वटा बन्द छन् ।

कूल संस्थानमध्ये जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छ । यी संस्थानले आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ६० अर्ब १५ करोड सञ्चालन आय गरी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register