यू-२३ एसियन कप छनोट : समूह ‘के’मा नेपाल

काठमाडौं । साउदी अरबमा आयोजना हुने एएफसी यू–२३ एसियन कप २०२६ फुटबल छनोट प्रतियोगिताका लागि नेपाल समूह ‘के’मा परेको छ । समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । एसियन फुटबल महासंघ एएफसीले लेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार समूह विभाजन गरेको हो । यस समूहको खेल ताजकिस्तानमा हुने एएफसीले जनाएको छ । छनोटमा […]

May 29, 2025 - 10:23
 0
यू-२३ एसियन कप छनोट : समूह ‘के’मा नेपाल

काठमाडौं । साउदी अरबमा आयोजना हुने एएफसी यू–२३ एसियन कप २०२६ फुटबल छनोट प्रतियोगिताका लागि नेपाल समूह ‘के’मा परेको छ ।

समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । एसियन फुटबल महासंघ एएफसीले लेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार समूह विभाजन गरेको हो ।

यस समूहको खेल ताजकिस्तानमा हुने एएफसीले जनाएको छ । छनोटमा ४४ वटा यू–२३ राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।

प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउने छन् । आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register