भारत- पाकिस्तान तनावबारे नेपाल : आतङ्कवादविरुद्धको लडाईंमा साथ दिन्छौं

काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतङ्कवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ । भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै बिहीबार परराष्ट्र मन्त्रालयले  विज्ञप्तिमार्फत आतङ्ककवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिने जनाएको हो ।  साथै मन्त्रालयले  यस्तो अवस्थाको समाधान खोजिनुपर्ने पनि बताएको छ  […]

May 8, 2025 - 15:48
 0
भारत- पाकिस्तान तनावबारे नेपाल : आतङ्कवादविरुद्धको लडाईंमा साथ दिन्छौं

काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतङ्कवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ ।

भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै बिहीबार परराष्ट्र मन्त्रालयले  विज्ञप्तिमार्फत आतङ्ककवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिने जनाएको हो ।  साथै मन्त्रालयले  यस्तो अवस्थाको समाधान खोजिनुपर्ने पनि बताएको छ  ।

‘आतंकवादविरुद्ध लडाईंमा नेपाल सबैको साथमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुरूप कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग दिइने छैन’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ ।’

साथै नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानलाई कायम राख्दै यो बर्बर आतङ्कवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको पनि मन्त्रालयले स्मरण गराएको छ ।

उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register