विदेश अध्ययन अनुमतिपत्र लिने विद्यार्थीको संख्या ७ लाख नाघ्यो

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान अनुमति लिने विद्यार्थीको संख्या ७ लाख २१ हजार ३ सय ३२ पुगेको छ । आर्थिक वर्ष २०७१/ ७२ देखि चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्म एनओसी लिनेहरूको संख्या ७ लाख २१ हजार ३ सय पुगेको हो । सरकारको विवरण अनुसार २०७१/०७२ मा ३० हजार ७९७ ले […]

May 29, 2025 - 10:23
 0
विदेश अध्ययन अनुमतिपत्र लिने विद्यार्थीको संख्या ७ लाख नाघ्यो

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान अनुमति लिने विद्यार्थीको संख्या ७ लाख २१ हजार ३ सय ३२ पुगेको छ ।

आर्थिक वर्ष २०७१/ ७२ देखि चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्म एनओसी लिनेहरूको संख्या ७ लाख २१ हजार ३ सय पुगेको हो ।

सरकारको विवरण अनुसार २०७१/०७२ मा ३० हजार ७९७ ले एनोसी लिएका थिए । यस्तै, २०७२/०७३ मा ३७ हजार १४८ ले विदेश अध्ययनका लागि अनुमति लिएका थिए । यस्तै, २०७३/२०७४ ५० हजार ७९६ ले एनओसी लिएका थिए ।

यस्तै, २०७४/२०७५ ५८ हजार ७५८ ले विदेश अध्ययन अनुमति लिएका थिए । २०७६/७७ मा एनओसीले लिने विद्यार्थीको संख्या ३३ हजार १९६ पुग्दा आर्थिक वर्ष २०७८/७९ मान एक लाख २५ हजार ४ जनाले एनओसी लिएका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ९६८ जनाले विदेश अध्ययन अनुमतिपत्र लिँदा २०८१/०८२ को फागुन महिनासम्म ९२ हजार ६४८ जनाले एनओसी लिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register