रचेल गुप्ताले किन त्यागिन् मिस ग्रान्ड इन्टरनेशनलको ताज ?

काठमाडौं । मिस ग्रान्ड इन्टरनेशनल २०२४ को ताज जितेकी भारतीय मोडल रचेल गुप्ताले आफ्नो ताज त्यागेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत विभिन्न कारणहरूको उल्लेख गर्दै राजीनामा दिएकी हुन्, जसले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको भित्री संरचना र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । को हुन् रचेल गुप्ता ? २१ वर्षीया रचेल गुप्ताको जन्म २००४ जनवरी २३ मा […]

May 31, 2025 - 14:16
 0
रचेल गुप्ताले किन त्यागिन् मिस ग्रान्ड इन्टरनेशनलको ताज ?

काठमाडौं । मिस ग्रान्ड इन्टरनेशनल २०२४ को ताज जितेकी भारतीय मोडल रचेल गुप्ताले आफ्नो ताज त्यागेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत विभिन्न कारणहरूको उल्लेख गर्दै राजीनामा दिएकी हुन्, जसले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको भित्री संरचना र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

को हुन् रचेल गुप्ता ?

२१ वर्षीया रचेल गुप्ताको जन्म २००४ जनवरी २३ मा भारतको पन्जाब राज्यको पटियालामा भएको थियो । उनका बुबा राजेश अग्रवाल र आमा जेनिफर गुप्ता व्यापारिक क्षेत्रमा आबद्ध छिन् । उनकी कान्छी बहिनी रिया पनि छिन् । रचेलले मुम्बई विश्वविद्यालयबाट मनोविज्ञानमा अध्ययन गरेकी हुन् ।

१८ वर्षको उमेरमै उनले मिस सुपर ट्यालेन्ट अफ द वर्ल्ड २०२२ जितेर अन्तर्राष्ट्रिय मान्यता कमाएकी थिइन् । त्यसपछि २०२४ अक्टोबर २५ मा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहमा उनले मिस ग्रान्ड इन्टरनेशनल २०२४ को ताज जितेर इतिहास बनाएकी थिइन् । उनी यो प्रतियोगिता जित्ने पहिलो भारतीय महिला हुन् । तर ताज जितेपछि सुरु भएको अनुभव भने एकदमै पीडादायक रहेको उनले दाबी गरेकी छिन् ।

रचेलका आरोप

उनले आफ्नो युट्युबमा भिडिओ र इन्स्टाग्राम पोस्टमार्फत मिस ग्रान्ड इन्टरनेशनल संस्था गरेको व्यवहारको बारेमा खुलासा गरेकी छिन् । उनका अनुसार सुरुवातमा उनलाई अत्यन्तै सानो होटेल कोठामा राखिएको थियो, जहाँ आफ्ना सामान राख्ने ठाउँसमेत थिएन ।

त्यसपछि उनलाई सहर भन्दा झन्डै २ घण्टा टाढा एकान्त घरमा सारिएको थियो, जहाँ खानपान र कपडाको सम्पूर्ण खर्च उनलाई आफैँले बेहोर्नुपरेको थियो ।

उनले पहिलो महिना मात्रै केही रकम पाएकी थिइन्, त्यसपछि आफ्नै परिवारमा आर्थिक रूपमा निर्भर हुनुपरेको थियो ।
यति मात्र होइन, उनले संस्थाका एक प्रतिनिधिले शारीरिक उत्पीडन र असभ्य व्यवहार गरेको गम्भीर आरोपसमेत लगाएकी छिन् ।

ती व्यक्तिले उनको शरीरमा नकारात्मक टिप्पणी गर्ने र अनुचित व्यवहार गर्ने गरेको रचेलको दाबी छ ।
उनका अनुसार, संस्थाले बाहिरी प्रोजेक्टहरू गर्न नदिएको, तर टिकटकमार्फत चिली पेस्ट र सौन्दर्य सामग्रीहरूको प्रचार गर्न दबाब दिएको थियो ।

इन्स्टाग्राममा रचेलले लेखेको पोस्ट :

Rachel’s post on Instagram

यसबिच मिस ग्रान्ड इन्टरनेशनलका संस्थापक नवत इत्सारागृसिलले रचेलका आरोपहरू अस्वीकार गरेका छन् । इन्स्टाग्राममा पोस्ट गर्दै भनेको छ,“रचेल गुप्ताले आफ्ना तोकिएका कर्तव्यहरू पूरा नगरेको, संस्थाको अनुमति बिना बाहिरी प्रोजेक्टहरूमा संलग्न भएको, र ग्वाटेमालामा निर्धारित कार्यक्रममा सहभागी हुन अस्वीकार गरेको कारणले उनलाई पदमुक्त गरिएको हो ।”

Posted by Nawat Itsaragrisil, the founder of Miss Grand International

संस्थाले ताज फिर्ता गर्न ३० दिनको समयसीमा दिएको छ र रचेल अब मिस ग्रान्ड इन्टरनेशनल २०२४ को उपाधि प्रयोग गर्न योग्य नरहेको स्पष्ट पारेको छ ।

रचेलको ताज खारेज भएसँगै फिलिपिन्सकी क्रिस्टिन जुलियान ओपियाजालाई मिस ग्रान्ड इन्टरनेशनल २०२४ को नयाँ विजेता घोषणा गरिएको छ ।

Christine Juliane Opiaza

उनी यसअघि फर्स्ट रनर–अप थिइन् । यो घटनाले फिलिपिन्समा उत्साह ल्याए पनि भारतमा भने आलोचना र समर्थनको लहर फैलिएको छ । सामाजिक सञ्जालमा #SupportRachelGupta र #JusticeForRachel जस्ता ह्यास्ट्यागहरू ट्रेन्डिङमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register