सामान्य बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब २२ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज बजार परिसूचक १ दशमलव ६० अंकले बढेर २६९४ दशमलव ६६ को विन्दुमा पुगेको छ । सोमबार ३१४ कम्पनीका ८३ हजार ०१६ पटकको कारोबारमा २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद बिक्री भइरहेकाे छ । जसमा कारोबार रकम […]

Jun 2, 2025 - 10:44
 0
सामान्य बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब २२ करोड

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज बजार परिसूचक १ दशमलव ६० अंकले बढेर २६९४ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

सोमबार ३१४ कम्पनीका ८३ हजार ०१६ पटकको कारोबारमा २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद बिक्री भइरहेकाे छ । जसमा कारोबार रकम ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँ रहेको छ ।

११५ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये ५ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register