रङ्गशालामा दर्शक कुटिएको घटनामा ज्ञानबहादुरको कविता : गर्नेलाई भन्दा देख्नेलाई लाज (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले संसद्‌मा एमाले र युवासङ्घका कार्यकर्ताहरूले गरेको दुर्व्यवहारको आलोचना गरेका छन् । शाहीले गएको सोमबार केपी ओली कप फुटबल प्रतियोगिताका दर्शकहरूमाथि युवासङ्घका कार्यकर्ताहरूले गरेको कुटपिटको घटनालाई संसद्‌मा उठाएका हुन् । कवितात्मक शैलीमा आफ्नो भनाइ राख्दै शाहीले भने, “सरकारविरुद्ध आवाज उठाए भने हातखुट्टा भाँच्छ, पार्टीका बिल्लाधारी गुन्डाहरूको देखियो ताण्डव नाच ।” […]

Mar 5, 2025 - 08:29
 0
रङ्गशालामा दर्शक कुटिएको घटनामा ज्ञानबहादुरको कविता : गर्नेलाई भन्दा देख्नेलाई लाज (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले संसद्‌मा एमाले र युवासङ्घका कार्यकर्ताहरूले गरेको दुर्व्यवहारको आलोचना गरेका छन् ।

शाहीले गएको सोमबार केपी ओली कप फुटबल प्रतियोगिताका दर्शकहरूमाथि युवासङ्घका कार्यकर्ताहरूले गरेको कुटपिटको घटनालाई संसद्‌मा उठाएका हुन् ।

कवितात्मक शैलीमा आफ्नो भनाइ राख्दै शाहीले भने, “सरकारविरुद्ध आवाज उठाए भने हातखुट्टा भाँच्छ, पार्टीका बिल्लाधारी गुन्डाहरूको देखियो ताण्डव नाच ।”

ज्ञानबहादुरको कविता – 

गर्नेलाई भन्दा  देख्नेलाई लाज
प्रधानमन्त्री थियो रङ्गशालामा बास
सरकारको विरुद्ध आवाज उठायो कि हातखुट्टा भाँच
पार्टीका बिलाधारी गुन्डाहरूको देखियो ताण्डव नाच

शाहीले प्रधानमन्त्रीको नाममा आयोजित खेलकुद कार्यक्रममा दर्शकहरूलाई कुट्ने कार्यलाई लोकतन्त्रविरुद्ध गतिविधि बताए । शाहीले सरकार र पार्टी कार्यकर्ताहरूद्वारा गरिने हिंसात्मक कार्यको कडा निन्दा गर्दै कारबाहीको माग गरे ।

“खुल्लमखुल्ला बिल्लाधारी गुन्डा प्रयोग गरेर कार्यक्रममा मान्छे कुट्नेलाई कारबाही गरियोस् हैन भने सडक र सदनबाट खरो साथ उठ्ने छ । कुनै पनि नेपाली नागरिकलाई कुट्ने अधिकार छैन,” शाहीले भने, “सरकारविरुद्ध आवाज उठाए भने हातखुट्टा भाँच्छ, पार्टीका बिल्लाधारी गुन्डाहरूको देखियो ताण्डव नाच ।”

उनले प्रधानमन्त्रीको नाममा आयोजित खेलकुद कार्यक्रममा दर्शकहरूलाई कुट्ने कार्यलाई लोकतन्त्रविरुद्ध गतिविधि बताए । शाहीले सरकार र पार्टी कार्यकर्ताहरूद्वारा गरिने हिंसात्मक कार्यको कडा निन्दा गर्दै कारबाहीको माग गरे ।

“कुनै पनि नेपाली नागरिकलाई कुट्ने अधिकार छैन,” शाहीले संसद्‍मा जोड दिए । उनले सरकारी पक्षबाट यस्ता घटनाहरूमा तत्काल कारबाही गर्न आग्रह गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register