प्रतिनिधि सभाको बैठक २ बजे सारियो

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेको लागि सारिएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन्। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेको लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा […]

Jun 3, 2025 - 08:48
 0
प्रतिनिधि सभाको बैठक २ बजे सारियो

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेको लागि सारिएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन्।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेको लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन् ।सभामुखले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सदनको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register