प्रतिबन्धित लागूऔषध सहित ८ जना पक्राउ

झापा, २० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय [...] The post प्रतिबन्धित लागूऔषध सहित ८ जना पक्राउ appeared first on Jhapa Online.

Jun 3, 2025 - 09:53
 0
प्रतिबन्धित लागूऔषध सहित ८ जना पक्राउ

झापा, २० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय अनिल दनुवार समेतलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का ३१ बर्षीय सनम माझीलाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १०० चक्की Vomine-25, Antikof -७ सय चक्की र Tramadol ७ सय क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

यसका साथै बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको चौबिसे गाउँपालिका-६ का २२ बर्षीय पुजन लिम्बु र कारोबारमा संलग्न २२ बर्षीय पुजन लिम्बु, २२ बर्षीय सेसेहाङ चेम्जुङ, २२ बर्षीय जेम्सन लिम्बु र ३७ बर्षीय दिनेश लिम्बुलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ९ सय मिलिग्राम र नगद ४१ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो ।

The post प्रतिबन्धित लागूऔषध सहित ८ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register