बकिङ्घमसायरमा नेपालीको पब उत्कृष्ट

लन्डन- बकिङ्घमसायरस्थित हाइवेकम्बमा सञ्चालित नेपाली व्यवसायीको पब ‘डल्फिन आई’ यस समरमा जानैपर्ने ५ उत्कृष्ट पबमा पहिलो नम्बरमा पर्न सफल भएको छ । स्थानीय बक्स फ्रि प्रेसले समर शुरु भइरहेका बेला बकिङ्घमसायरका पाँच फरक क्षेत्रमा रहेका पब छनोट गर्ने क्रममा डल्फिन आईलाई एक नम्बरमा राखेको हो । उक्त मिडियाले कष्टमर रिभ्यू र पब जाने ग्राहकहरुको अत्याधिक […]

Jun 4, 2025 - 07:33
 0
बकिङ्घमसायरमा नेपालीको पब उत्कृष्ट


लन्डन- बकिङ्घमसायरस्थित हाइवेकम्बमा सञ्चालित नेपाली व्यवसायीको पब ‘डल्फिन आई’ यस समरमा जानैपर्ने ५ उत्कृष्ट पबमा पहिलो नम्बरमा पर्न सफल भएको छ ।

स्थानीय बक्स फ्रि प्रेसले समर शुरु भइरहेका बेला बकिङ्घमसायरका पाँच फरक क्षेत्रमा रहेका पब छनोट गर्ने क्रममा डल्फिन आईलाई एक नम्बरमा राखेको हो ।

उक्त मिडियाले कष्टमर रिभ्यू र पब जाने ग्राहकहरुको अत्याधिक संख्याका आधारमा डल्फिन आइर्रलाई बकिङ्घमसायरका ५ मध्ये अग्रपंक्तिमा राखेको सञ्चालक सुरज कार्कीले जनाए ।

पत्रिकाले भनेको छ, ‘धेरै वर्ष पहिले डल्फिन आई जान नहुने पबका रुपमा परिचित थियो, फुड हाइजिन निरीक्षणमा फेल भएको थियो । यसले ग्राहकहरू ल्याउन पनि संघर्ष गरिरहेको थियो । तर, नयाँ व्यवस्थापन अन्तर्गत अहिले पबको प्रतिष्ठा उच्च छ ।’

गुगलको ३४९ रिभ्यूमध्ये यसले ५ स्कोरमा ४.४ प्राप्त गरेको छ जसमा सबै सकारात्मक प्रतिक्रिया छन् ।

एउटा रिभ्यूमा लेखिएको छ- ‘कर्मचारीहरू धेरै व्यवसायिक र मिलनसार थिए। मेरा पाहुनाका लागि मेनु रोज्न सहयोगी र सबैले धेरै राम्रो व्यवहार प्रदर्शन गरे । म निश्चित रूपमा उत्कृष्ट खाना, भाइब्स र पारिवारिक वातावरण चाहने जो कोहीलाई डल्फिन आई सिफारिस गर्नेछु।’

एकातिर मौलिक अंग्रेजी पब र अर्कोतिर नेपाली रेष्टुरेन्ट भएका डल्फिन आईको रमणीय वातावरण र स्वादिष्ट खानालाई स्थानीय ग्राहकले रुचाएका हुन् ।


उक्त पब पहिला एभरेष्ट द डल्फिन नाममा थियो तर यो त्यति चलेको थिएन । ८० हजार पाउण्ड हालेर उक्त पब लिएपछि दाई राजेश कार्की र उनले त्यसमा झण्डै पौने ३ लाख पाउण्ड (करिब ६  करोड रुपैयां) खर्च गरे । भवन रिफर्बिस्, गार्डेन, बार बनाउदा मनग्गे खर्च भएको थियो । लोकेशन राम्रो भएर त्यति धेरै लगानी गरेका थिए उनले ।

एक एकड जग्गामा फैलिएको उक्त पबमा पार्टी आयोजना गर्न परे २०० जनासम्म अट्ने क्षमता छ । ७० सिटको फाइन डाइन, बार एरियामा ७० जना र गार्डेनमा १५० जना मानिस अट्छन् । पुल समेत भएको बेग्लै रुममा ३० जना अट्ने क्षमता छ । कार पार्क ४० वटा अट्छ ।

नेपालीको हब बन्दै डल्फिन आई

सन् २०२३ अप्रिलमा व्यवसायी सुरज कार्कीले किनेको उक्त पब अहिले स्थानीय र नेपाली समुदायको पनि पहिलो रोजाइमा पर्न थालेको छ । दिनप्रतिदिन जमघटको थलो बनेकामा उत्साहित छन् कार्की । उनले आफ्ना सम्पूर्ण कर्मचारी र ग्राहकहरुप्रति आभार समेत व्यक्त गरे ।

‘पछिल्लो समय डल्फिन आई नेपालीहरुको हब पनि बनिरहेको छ । नेपाली समुदायका कार्यक्रम गर्ने भेन्यू पनि भएको छ यो’- व्यवसायी कार्कीले सुनाए ।


५६ टोटरिज लेनस्थित हाइवेकम्बमा रहेको यस पबमा प्रतिष्ठित कलाकार र खेलाडीहरुको जमघट हुने गर्छ ।

त्यसो त सन्चालक सुरज कार्की इटालीमा सन् २००० मा भएको वर्ल्ड युनाइटेड किक बक्सिङ च्याम्पियनसीपमा कास्य पदक दिलाउने पूर्व राष्ट्रिय खेलाडी पनि हुन्  ।

डल्फिन आईमा कलाकारहरु राजेश हमाल, भुवन केसी, अनमोल केसी, केकी अधिकारी, हांस्यकलाकार सन्दीप क्षेत्री, गायकहरु दीप श्रेष्ठ, आनन्द कार्की, नवीन के भट्टराई, गायिका सुनिता दुलालदेखि खेलकुद सेलिब्रेटीहरु धावक बैकुण्ठ मानन्धर, तेक्वान्दो खेलाडी फारम बहादुर महत, ओलम्पियन सन्तोषी श्रेष्ठ आदि पुगेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register