बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)

लन्डन- फेब्रुअरी दोश्रो साता नेपाली उद्यमीहरुले बेलायतको अल्डरसटमा सपिङ मलसहितको प्रपर्टी १० मिलियन पाउण्डमा खरिद गरेको समाचार निकै ‘भाइरल’ बन्यो । झण्डै एक अर्ब ७५ करोड रुपैयांमा वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी खरिद हुनु चानचुन विषय थिएन । पीआरएन इन्भेष्टमेन्ट लिमिटेडले खरिद गरेको उक्त प्रपर्टी नै अहिलेसम्म बेलायतमा नेपालीको सबैभन्दा ठूलो ठानिएको छ । […]

Mar 8, 2025 - 11:32
 0
बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)


लन्डन- फेब्रुअरी दोश्रो साता नेपाली उद्यमीहरुले बेलायतको अल्डरसटमा सपिङ मलसहितको प्रपर्टी १० मिलियन पाउण्डमा खरिद गरेको समाचार निकै ‘भाइरल’ बन्यो ।

झण्डै एक अर्ब ७५ करोड रुपैयांमा वेलिङटन सपिङ सेन्टर र आसपासको प्रपर्टी खरिद हुनु चानचुन विषय थिएन ।

पीआरएन इन्भेष्टमेन्ट लिमिटेडले खरिद गरेको उक्त प्रपर्टी नै अहिलेसम्म बेलायतमा नेपालीको सबैभन्दा ठूलो ठानिएको छ ।

उक्त प्रपर्टी खरिदमा मोर्गेजसहित सबै फाइनान्सियल जिम्मेवारी किङ्सगेट फाइनान्सले सम्हालेको थियो, जसका प्रवन्ध निर्देशक हुन् प्रजेश श्रेष्ठ ।

केन्ट र अल्डरसटस्थित १२१ भिक्टोरिया रोडमा छ उनको अफिस । किङ्सगेटले मोर्गेजेज, कमर्सियल फाइनान्स, ब्रिजिङ लोन, इन्सुरेन्स (पर्सनल र बिजनेश), वील राइटिङ जस्ता सेवा प्रदान गरिरहेको छ ।

मेट लाइभ, ओपन वर्क, क्वील्टर जस्ता फाइनान्सियल सर्भिसेस् उद्योगमा काम गरेपछि प्रजेशले सन् २०१९ मा किङ्सगेट खोले । कम्पनीले रेडिङ, लन्डन, केन्ट, ह्याम्पसायर, स्वीन्डन, लेष्टर लगायत मुख्य शहरमा झण्डै १० जना कर्मचारी राखेर सेवा दिइरहेको प्रजेशले बताए ।

प्रजेश श्रेष्ठ, किङ्सगेट फाइनान्सका प्रवन्ध निर्देशक

प्रजेशको यस क्षेत्रमा १३ वर्ष लामो अनुभव छ । आफूले अहिलेसम्म इंग्ल्याण्ड र वेल्सका करिब ५ हजार ग्राहकलाई सेवा दिइसकेको उनले बताए । शुरुतिर ब्रिटिश बढी थिए, अहिले रेसिडेन्सियल र कमर्सियल बाइ टु लेट मोर्गेजका लागि नेपाली ग्राहक पनि बढेका छन् ।

‘बेलायतमा मोर्गेज सम्बन्धि काम गर्ने नेपाली कम्पनी बढिरहेपनि नेपाली जनसंख्या समेत बढेकाले त्यस्तो प्रतिष्पर्धा छैन्’, उनले भने, ‘मुख्य कुरा ग्राहकको सन्तुष्टि र विश्वास नै रहेछ । हामी त्यो कुरामा सचेत छौं ।’

अचेल २०-२२ वर्षदेखि नै नेपाली युवा घर किन्न थालेको उनको अनुभव छ । पहिला यस्तो थिएन । घर खरिद जीवनभरको एउटा उपलब्धि र प्रतिष्ठासंग पनि जोडिने उनको भनाइ छ ।

आफ्नो कम्पनी बेलायतको नियामक निकाय ‘फाइनान्सियल कन्डक्ट अथोरिटी’ बाट मान्यता प्राप्त भएकाले विश्वासिलो रहेको जनाउंदै उनले ग्राहकको आवश्यकता पूरा गराउन एउटा केस म्यानेजर नै दिने र उसले २४/७ सेवा दिइने बताए । ‘म किङ्सगेटलाई भविष्यमा नेशनल ब्राण्ड नै बनाउन चाहन्छु र नाम पनि त्यही अनुसार राखिएको छ’-उनले सुनाए- ‘हाम्रोबाट नेपालीले मात्र होइन, बेलायती क्लाइन्टसले पनि सेवा लिओस् भन्ने टार्गेट छ ।’

पाटनका स्थायी बासिन्दा प्रजेश बुबा केशव श्रेष्ठ र आमा बिनाको कोखबाट जन्मिएका माइलो सन्तान हुन् । सन् २००० मा बुबा यूके आए, त्यसको दुई वर्षपछि मम्मी र भाइलाई यता ल्याए । सन् २००५ मा दिदी र प्रजेश आए । अहिले सपरिवार बसाइ बेजिङस्टकमा छ ।

फार्नबरो सिक्थ फर्म कलेजबाट ए लेभल गरेका उनले ब्रुनेल युनिभर्सिटीबाट फाइनान्सियल म्याथम्याटिक्समा ब्याचलर्स गरेका छन् । बेलायतको नेपाली डायष्पोरामा दोश्रो पुस्ताले शैक्षिक र व्यवसायिक फड्को मारिरहेको उनको बुझाइ छ ।

पासा पुच गुथि अल्डरसटका महासचिव र पासा पुच गुथि बोर्ड अफ ट्रष्टीका सचिव प्रजेश सानैमा बेलायत आएपनि नेवारी भाषा राम्रो बोल्छन् । अचेल सामाजिक गतिविधिमा पनि उनको सक्रियता बढेको छ ।

हेरौं नेपालीलिंकसंग प्रजेशको फाइनान्स संवादः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register