दोस्रो भद्रपुर नगर युथ समिट : घोषाण पत्र जारी गरी बजेटमा समेटिने

सन्तोष शर्माभद्रपुर, २१ जेठ । झापाको भद्रपुरमा दोस्रो भद्रपुर नगर युथ समिट–२०८२ हुने भएको छ । आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत् युथ समिट बारे जानकारी दिइयो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले ‘युवाहरुको सशक्तिकरण ः जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आगामी जेठ २३ र २४ गते युथ समिट गर्न [...] The post दोस्रो भद्रपुर नगर युथ समिट : घोषाण पत्र जारी गरी बजेटमा समेटिने appeared first on Jhapa Online.

Jun 4, 2025 - 15:08
 0
दोस्रो भद्रपुर नगर युथ समिट : घोषाण पत्र जारी गरी बजेटमा समेटिने

सन्तोष शर्मा
भद्रपुर, २१ जेठ ।
झापाको भद्रपुरमा दोस्रो भद्रपुर नगर युथ समिट–२०८२ हुने भएको छ ।

आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत् युथ समिट बारे जानकारी दिइयो । भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले ‘युवाहरुको सशक्तिकरण ः जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आगामी जेठ २३ र २४ गते युथ समिट गर्न लागिएको जानकारी दिनुभयो । युथ समिट समापन कार्यक्रममा गायक तथा संगीतकार प्रशान्त शिवाकोटीलाई सम्मान गरिने उहाँले बताउनुभयो ।

युवाको क्षेत्रमा नयाँपन दिएर काम गर्न खोजिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । युथ समिट पछि घोषणा पत्र तयार पार्ने र उक्त घोषणा पत्रलाई बजेटमा समेटिने नगरप्रमुख पोखरेलले बताउनुभयो । गत वर्ष आयोजना गरिएको युथ समिटबाट समेत केही प्रतिफल प्राप्त भएको उहाँले बताउनुभयो ।

युथ समिटमा २२० सहभागी
युथ समिटमा २२० जना युवाले सहभागिता जनाउने नगरपालिकाका शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रत्येक वडाबाट ६/६ जना, खुला अनलाइन आवेदनबाट १०० जना, संघसंस्थाबाट ३० जना, नगर युवा परिषद् सदस्य तथा प्रतिनिधि १० जना र पर्यवेक्षक २० जनाको सहभागिता रहने छ ।

यस्ता छन् उद्देश्य
नगरपालिकाले छ वटा मुख्य उद्देश्य लिएर युथ समिटको आयोजना गर्दैछ । नगरपालिकाका युवा, संघसंस्था तथा समूहमा आवद्ध व्यक्तिलाई नेतृत्व विकास, युवा परिचालन, सशक्तिकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने उद्देश्य रहेको छ ।

त्यस्तै, जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव र नेपालको वर्तमान अवस्था साथै सञ्चालन गर्नुपर्ने कार्यहरुको विषयमा बहस प्रारम्भ गर्ने, नगर क्षेत्रका युवामा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवन उपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यावहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने, स्थानीय विकासमा युवा परिचालन गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

यी हुन् सहजकर्ताहरु
युथ समिटमा विभिन्न क्षेत्रमा दक्षता एवम् विज्ञता हासिल गरेका १० जना सहजीकरण गर्ने जनाइएको छ ।

दुई दिवसीय कार्यक्रममा युथ मोटिभेशन एण्ड लिडर सिपमा डा सन्देशदास श्रेष्ठ, युव एण्ड क्लाइमेट एक्सनमा अर्नव चौधरी, पोइट एण्ड पोइट्रीमा नवराज पराजुली, २१ औं शताब्दीमा विज्ञानमा ई.आरिफ अलीले सहजीकरण गर्ने छन् ।

त्यस्तै, यङ इन्टरपेनरसिमा प्रतिक राउत, युथ इन पोलिटिक्समा महेश बर्तौला, लिडरसिप एण्ड क्लाइमेट एक्सनमा रजनी थापा, पोलिसी रिफर्म एण्ड गुड गभर्मेन्स्मा रामहरि खतिवडा र युथ इम्पावरमेन्ट एण्ड लाइफ कोचमा सुगारीका केसीले सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाकी उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिना लगायतको आतिथ्य रहेको थियो । युथ समिट कार्यक्रमका लागि नगरपालिकाले छ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

The post दोस्रो भद्रपुर नगर युथ समिट : घोषाण पत्र जारी गरी बजेटमा समेटिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register