झापाबाट नक्कली नोटसहित तेह्रथुमका युवा पक्राउ

झापा, १९ जेठ । झापाको मेचीनगरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । तेह्रथुम ओयाक्जुङ गाउँपालिका–५ (नेलई) का २८ वर्षीय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति ९ बजे मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित नेपाल बैंक अगाडि भारती शंकास्पद तरिकाले हिँड्डुल गरिरहेको अवस्थामा देखेपछि इलाका [...] The post झापाबाट नक्कली नोटसहित तेह्रथुमका युवा पक्राउ appeared first on Jhapa Online.

Jun 2, 2025 - 16:35
 0
झापाबाट नक्कली नोटसहित तेह्रथुमका युवा पक्राउ

झापा, १९ जेठ । झापाको मेचीनगरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । तेह्रथुम ओयाक्जुङ गाउँपालिका–५ (नेलई) का २८ वर्षीय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार राति ९ बजे मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित नेपाल बैंक अगाडि भारती शंकास्पद तरिकाले हिँड्डुल गरिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट नेपाली नोट एक १ हजार दरको एक सय थान नोट फेला पारेको थियो ।

पक्राउ परेका भारतीलार्इ मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत खोटाचलन कसुरमा आज जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाबाट नक्कली नोटसहित तेह्रथुमका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register