एमबाप्पेको दुई गोलले रियल मड्रिड शीर्ष स्थानमा

झापा, ३ चैत । केलियन एमबाप्पेको दुई गोल सहयोगमा भिल्लारियललाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलमाथि २–१ को साँघुरो जित हासिल गरेको हो। खेलको सातौँ मिनेटमै जुआन फोइथको गोलमा रियल खेलमा १–० ले पछि परेको थियो। तर त्यसको १० मिनेटपछि रियलले गोल फर्काउँदै [...] The post एमबाप्पेको दुई गोलले रियल मड्रिड शीर्ष स्थानमा appeared first on Jhapa Online.

Mar 16, 2025 - 01:39
 0
एमबाप्पेको दुई गोलले रियल मड्रिड शीर्ष स्थानमा

झापा, ३ चैत । केलियन एमबाप्पेको दुई गोल सहयोगमा भिल्लारियललाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।

शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलमाथि २–१ को साँघुरो जित हासिल गरेको हो। खेलको सातौँ मिनेटमै जुआन फोइथको गोलमा रियल खेलमा १–० ले पछि परेको थियो। तर त्यसको १० मिनेटपछि रियलले गोल फर्काउँदै खेलमा पुनरागमन गरेको थियो।

खेलको १७औँ मिनेटमा एमबाप्पेको गोलमा रियल बराबरीमा आएको थियो। २३औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाए।

जितसँगै २८ खेलबाट ६० अंक बनाएको रियल शीर्ष स्थानमा छ। २६ खेलबाट ५७ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ। रियलसँग पराजित भिल्लारियल २७ खेलबाट ४४ अंक जोड्दै पाचौँ स्थानमा छ। गएराति नै भएको अर्को खेलमा मालोर्काले स्प्यानोललई २–१ ले नै हराएको छ। अर्को खेलमा सेल्टा भिगोले रियल भल्लाडोलिडलाई १–० ले हराउँदा जिरोना र भ्यालेन्सियाले १–१ को बराबरी गर्दै अंक बाँडे।

The post एमबाप्पेको दुई गोलले रियल मड्रिड शीर्ष स्थानमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register