प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको […]

May 5, 2025 - 15:16
 0
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष डा खगराज बरालले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओलीसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री ओलीले वैज्ञानिकहरुलाई प्रोत्साहन मिल्ने र मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि हुने अनुसन्धान र परिणाम दिने काममा केन्द्रित हुन प्रतिष्ठानलाई आग्रह गरे ।

सो अवसरमा लोकसेवा आयोगका सदस्य वीरबहादुर राई, प्रतिष्ठानका सदस्यसचिव डा रवीन्द्रप्रसाद ढकाललगायत सहभागी थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register