बालबालिकाको समृद्धिका लागि सामुदायिक परिकल्पनाको वार्षिक समीक्षा 

लमजुङ।  लमजुङको बेसीशहर नगरपालिकामा बालबालिकाको समृद्धि, अधिकार र सुरक्षाका सवालमा केन्द्रित सामुदायिक परिकल्पना सम्बन्धी वार्षिक समीक्षा तथा आगामी योजना तयारी कार्यक्रम सम्पन्न भएको छ । “असल अभिभावक, गुणस्तरीय शिक्षा र स्वास्थ्य, भेदभावरहित सुसंस्कृत बालमैत्री वडा – हाम्रो बेसीशहर“ भन्ने परिकल्पनासहित कार्यक्रम बुधबार बेसीशहर–७ स्थित गेटवे हिमालय रिसोर्टमा भएको हो । कार्यक्रम नगरस्तरीय बाल अधिकार समितिको […]

Jun 11, 2025 - 16:53
 0
बालबालिकाको समृद्धिका लागि सामुदायिक परिकल्पनाको वार्षिक समीक्षा 

लमजुङ। 

लमजुङको बेसीशहर नगरपालिकामा बालबालिकाको समृद्धि, अधिकार र सुरक्षाका सवालमा केन्द्रित सामुदायिक परिकल्पना सम्बन्धी वार्षिक समीक्षा तथा आगामी योजना तयारी कार्यक्रम सम्पन्न भएको छ ।

“असल अभिभावक, गुणस्तरीय शिक्षा र स्वास्थ्य, भेदभावरहित सुसंस्कृत बालमैत्री वडा – हाम्रो बेसीशहर“ भन्ने परिकल्पनासहित कार्यक्रम बुधबार बेसीशहर–७ स्थित गेटवे हिमालय रिसोर्टमा भएको हो । कार्यक्रम नगरस्तरीय बाल अधिकार समितिको आयोजना तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडिसी) नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहजीकरणमा भएको हो ।

कार्यक्रमको अध्यक्षता बेसीशहर नगरपालिकाका उपप्रमुख तथा नगरस्तरीय बाल अधिकार समितिका संयोजक पदमा गुरुङले गरिकी थिइन् । उनले बालमैत्री नगर निर्माणका लागि अभिभावकको सकारात्मक भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन । साथै, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, संस्कार तथा भेदभावरहित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताइन् ।

कार्यक्रममा बेसीशहर नगरपालिका कार्यक्रम संयोजक मेघेन्द्र पोख्रेल, प्रहरी वरिष्ठ नायब निरीक्षक रामचन्द्र केसी, अन्तर–धार्मिक सञ्जाल लमजुङका अध्यक्ष रमाराज खनिया लगायतले बाल अधिकार, बालविवाह न्यूनीकरण, बालमैत्री स्थानीय शासन, वडास्तर तथा नगरस्तरीय बाल भेला, नगर बाल कोष, तथा बालबालिकामाथि हुने हिंसा, शोषण र बेवास्ता सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी, आरसीडिसी नेपालका कार्यक्रम संयोजक हेमराज विमली र नेमस्ते किड्स नेपाल लमजुङ शाखाका संयोजक अनिल गुरुङले आ–आफ्ना संस्थाबाट बालबालिकाको क्षेत्रमा गरिएका गतिविधिबारे जानकारी दिए ।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी शहरी बाल संरक्षण संयोजक अञ्जु भट्राईले सहभागीहरुलाई तीन समूहमा विभाजन गरी बालबालिकाको सशक्त पक्ष, सुधार गर्नुपर्ने पक्ष तथा आगामी दिनमा गर्न सकिने क्रियाकलापबारे छलफल गराइन् ।

बेसीशहर नगरपालिका वडा नं. ४ का अध्यक्ष गमबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, जनकल्याण मावि उदिपुरका प्रधानाध्यापक सूर्य अधिकारी, तथा वडा नं. १ बाल सञ्जालकी सचिव अपेक्षा अधिकारीले बालबालिकाको नैसर्गिक अधिकारको संरक्षणमा सबैको सरोकार र संलग्नताको आवश्यकता औँल्याए ।

कार्यक्रमको समापनमा आरसीडिसी नेपालका अध्यक्ष राजेन्द्र बोहराले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन अभिभावक सूर्यकला थापाले गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register