पौने चार किलो सुनसहित ४ पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलोग्राम ७ सय ४५ ग्राम सुनसहित ४ उज्ज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषले मलद्वारमा लुकाएर ल्याएको उक्त सुन विमानस्थलको सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा फेजिभा साउदत, अख्मेदोभा उमेदा, की […]

Feb 28, 2025 - 01:39
 0
पौने चार किलो सुनसहित ४ पक्राउ

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलोग्राम ७ सय ४५ ग्राम सुनसहित ४ उज्ज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषले मलद्वारमा लुकाएर ल्याएको उक्त सुन विमानस्थलको सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा फेजिभा साउदत, अख्मेदोभा उमेदा, की मारिफालिभा दिलफुजा र तुरसुनोभ सारदोर रहेका छन् । घटनाबारे थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू नेपालमा केही दिन बसेर भारततर्फ जाने तयारीका साथ नेपाल आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register