इजरायलले इरानमा गरेको आक्रमणमा हामी सामेल छैनौँ : अमेरिका

काठमाडौं । इजरायलले इरानमाथि गरेको एकपक्षीय सैन्य कारबाहीमा अमेरिकाले आफू सामेल नरहेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको आणविक संवर्धन कार्यक्रमलाई लक्षित गरी हमला गरेको घोषणा गरेलगत्तै अमेरिकाले यस कारबाहीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको हो । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले  जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “आज राति इजरायलले इरानविरुद्ध एकपक्षीय कारबाही गरेको […]

Jun 13, 2025 - 05:13
 0
इजरायलले इरानमा गरेको आक्रमणमा हामी सामेल छैनौँ : अमेरिका

काठमाडौं । इजरायलले इरानमाथि गरेको एकपक्षीय सैन्य कारबाहीमा अमेरिकाले आफू सामेल नरहेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको आणविक संवर्धन कार्यक्रमलाई लक्षित गरी हमला गरेको घोषणा गरेलगत्तै अमेरिकाले यस कारबाहीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको हो ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले  जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “आज राति इजरायलले इरानविरुद्ध एकपक्षीय कारबाही गरेको छ। हामी इरानविरुद्धको हमलामा संलग्न छैनौं र यस क्षेत्रमा रहेका हाम्रा अमेरिकी सेनाको सुरक्षा हाम्रो उच्च प्राथमिकता हो।”

विज्ञप्तिमा उनले भनेका छन्,  “इजरायलले आफ्नो आत्मरक्षाका लागि यो कारबाही आवश्यक रहेको हामीलाई जानकारी गराएको  छ।”

राष्ट्रपति ट्रम्प र उनको प्रशासनले अमेरिकी सेनाको सुरक्षाका लागि सबै आवश्यक कदम चालेको र यस क्षेत्रका साझेदारहरूसँग निकट सम्पर्कमा रहेको पनि विज्ञप्तिमा जनाइएको छ। रुबियोले  इरानलाई स्पष्ट सन्देश दिँदै भनेका छन्, “इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्षित गर्नुहुँदैन।”

यस घटनाले मध्यपूर्वमा तनाव थप बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register