चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन् । लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीश पदमा […]

Jun 13, 2025 - 07:55
 0
चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त

काठमाडौं । न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन् ।

लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीश पदमा नियुक्त गर्ने सिफारिस गरिएको छ। उनी अहिले सोही अदालतमा कार्यरत छन् ।

यस्तै, हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सिफारिस गरिएको छ । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत छन् ।

साथै, राजेशकुमार तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register