झापाको अर्जुनधारामा स्वीमिङ पुलमा डुबेर एक पुरुषको मृत्यु

झापा, १ असार । झापाको अर्जुनधारा नगरपालिकामा गएराति पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । अर्जुनधारा–११ माता मन्दिरस्थित सीएम स्वीमिङ पुलमा काठमाडौं महानगरपालिका–१४ बाफल घर भई विगत दुई महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएको ४० वर्षीय केशव पाठक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । डुबेर घाइते भएका उनलाई साथीहरुले उपचारको [...] The post झापाको अर्जुनधारामा स्वीमिङ पुलमा डुबेर एक पुरुषको मृत्यु appeared first on Jhapa Online.

Jun 15, 2025 - 03:21
 0
झापाको अर्जुनधारामा स्वीमिङ पुलमा डुबेर एक पुरुषको मृत्यु

झापा, १ असार । झापाको अर्जुनधारा नगरपालिकामा गएराति पौडी खेल्ने क्रममा डुबेर एक जना पुरुषको मृत्यु भएको छ ।

अर्जुनधारा–११ माता मन्दिरस्थित सीएम स्वीमिङ पुलमा काठमाडौं महानगरपालिका–१४ बाफल घर भई विगत दुई महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएको ४० वर्षीय केशव पाठक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

डुबेर घाइते भएका उनलाई साथीहरुले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको अर्जुनधारामा स्वीमिङ पुलमा डुबेर एक पुरुषको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register