सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ को लागी ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको छ । आइतबार साँझ आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख, अन्तर सहकारी […]

Jun 15, 2025 - 16:29
 0
सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/८३ को लागी ३३ अर्ब ४७ करोड ६० लाखको बजेट ल्याएको छ । आइतबार साँझ आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख, अन्तर सहकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यहोरामा सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारको राजस्व बाँडफाँटबाट ९ अर्ब ८७ करोड २५ लाख प्राप्त हुने अनुमान छ ।

यस्तै, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षको बचत रकम ७ अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदानबाट ४ अर्ब ३ लाख, आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register