रेशम चौधरीको गिरफ्तारीबारे संसदमा जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे संसदमा जवाफ दिन सभामुख देवराज घिमिरले सरकारलाई रूलिङ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारसँग सत्यतथ्य जवाफ दिन माग गरेकी थिइन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले जवाफ दिनका लागि  सरकारलाई रूलिङ गरेका हुन् […]

May 6, 2025 - 07:22
 0
रेशम चौधरीको गिरफ्तारीबारे संसदमा जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे संसदमा जवाफ दिन सभामुख देवराज घिमिरले सरकारलाई रूलिङ गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारसँग सत्यतथ्य जवाफ दिन माग गरेकी थिइन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले जवाफ दिनका लागि  सरकारलाई रूलिङ गरेका हुन् ।

वैशाख १७ गते रेशम चौधरी गिरफ्तारीमा परेका थिए । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । सर्वोच्चका अधिकृत महिमान सिंह बस्नेतले आफैँ पत्र लेखेर आफैँ तोक लगाउँदै प्रहरी समक्ष पत्र लिएर पुगेका थिए ।

त्यही पत्रका आधारमा प्रहरीले उनलाई कमलादीबाट गिरफ्तार गरेर डिल्लीबजार कारागार पठाएको थियो । सर्वोच्चले पत्र सच्याएर पठाएपछि पाँच घण्टापछि उनी रिहा भएका थिए । व्यक्तिग रिसइबीको कारणले कर्मचारीले अनधिकृत पत्र पठाएकै भरमा गिरफ्तारी गरिएको भन्दै नाउपा र जनमतले विरोध जनाइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register