हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जीत

काठमाण्डौ, ३ वैशाख । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो । हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ [...] The post हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जीत appeared first on Jhapa Online.

Apr 16, 2025 - 10:02
 0
हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जीत

काठमाण्डौ, ३ वैशाख । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो ।

हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेटायो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले लिग चरणको चौथो तथा अन्तिम खेलमा आउँदो शनिवार अफगानिस्तानसँग खेल्नेछ ।

पाँच वटा टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।

The post हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जीत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register