लागुऔषधसहित कनकाईका दुई युवा पक्राउ

झापा, २० माघ । झापाको झापा गाउँपालिकाबाट आज दिउँसो लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल र ३८ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । झापा गाउँपालिका–४ बालुबाडी स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई [...] The post लागुऔषधसहित कनकाईका दुई युवा पक्राउ appeared first on Jhapa Online.

Feb 2, 2025 - 14:52
 0
लागुऔषधसहित कनकाईका दुई युवा पक्राउ

झापा, २० माघ । झापाको झापा गाउँपालिकाबाट आज दिउँसो लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल र ३८ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । झापा गाउँपालिका–४ बालुबाडी स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक बाहेक १ ग्राम ४५ मिलिग्राम फेला परेको थियो ।

साथै, चिरञ्जीवी भुजेलको साथबाट १८ हजार र सुरेश ऋषिदेवको साथबाट ८८ हजार ३०० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post लागुऔषधसहित कनकाईका दुई युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register