संसद बैठक आधा घण्टा स्थगित

काठमाडौं । प्रतिनिधसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रतिपक्षी बेञ्चले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि बैठक आधा घण्टाका लागि स्थगित भएका हो । बैठक स्थगितको सुचना दिँदै सभामुख घिमिरेले भने,’सिंगो प्रतिपक्षी दलले उठेर विरोध जनाउँदा बैठक […]

Mar 26, 2025 - 06:14
 0
संसद बैठक आधा घण्टा स्थगित

काठमाडौं । प्रतिनिधसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रतिपक्षी बेञ्चले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि बैठक आधा घण्टाका लागि स्थगित भएका हो ।

बैठक स्थगितको सुचना दिँदै सभामुख घिमिरेले भने,’सिंगो प्रतिपक्षी दलले उठेर विरोध जनाउँदा बैठक सञ्चालन गर्न संभव पनि हुँदैन सञ्चालन गर्न पनि सकिँदैन । त्यसैले यो बैठक आधा घण्टाको लागि स्थगित हुन्छ।’

प्रतिनधिसभाको बैठकमा सरकारले दुई तिहाइको दम्भ देखाउँदै कुशल राष्ट्रसेवकलाई बर्खास्त गरेको भन्दै विरोध गरिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन पटक-पटक ध्यानाकर्षण गराउँदा समेत प्रतिपक्षी बेञ्चले उठेर विरोध जारी राखेपछि बैठक अघि बढ्न नसकेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register