बिग्रिएको वर्ष दिनभन्दा बढी हुँदा पनि मर्मत भएन राप्ती अस्पतालको डायलासिस मेसिन

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् । नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताइन् । मर्मत गर्नका लागि काठमाडौंबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर […]

Jun 14, 2025 - 09:59
 0
बिग्रिएको वर्ष दिनभन्दा बढी हुँदा पनि मर्मत भएन राप्ती अस्पतालको डायलासिस मेसिन

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् ।

नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताइन् । मर्मत गर्नका लागि काठमाडौंबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनी बताउँछिन् ।

“इञ्जिनियरहरूलाई बोलाएको हो”, उनले भनिन्, “तर, पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।” डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ ।

घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताइन् । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको छ । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् । – रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register