सवारी आवागमन प्रभावित : विनयी खोलामा डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ । सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको हो । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन बगाउपछि रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वर्षातका कारण अचानक […]

Jun 17, 2025 - 04:39
 0
सवारी आवागमन प्रभावित : विनयी खोलामा डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ ।

सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको हो । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन बगाउपछि रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सन माथिबाट पानि बगेपछि राजमार्ग बन्द भएको हो । डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register