तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हन‌न्‌का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ । महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार आयोगका अध्यक्ष तप बहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक […]

Apr 11, 2025 - 18:39
 0
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हन‌न्‌का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग

काठमाडौं ।

नेपाल पत्रकार महासंघले तीनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ ।

महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार आयोगका अध्यक्ष तप बहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार हत्या तथा आक्रमण, सञ्चारगृहमा भएको आगजनी र तोडफोडको स्वतन्त्र छानबिनका लागि आयोगलाई आग्रह गरेको हो ।

त्यस अवसरमा आयोगका अध्यक्ष मगरले आयोगले तीनकुने घटनाको छानबिन गरिरहेकाले पत्रकार मारिएको र प्रेस स्वतन्त्रता हननका घटनाको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन अनुरोध गर्नुभयो । विस्तृत छानबिन प्रतिवेदन तयार पारी दोषिमाथि कारबाही सिफारिससहितको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बद्ध निकायलाई पठाइने उहांको भनाइ थियो ।

पत्रकार हत्यामा संलग्न दोषिमाथि कारबाही, मृत पत्रकारको परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निशुल्क उपचार, सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतमा प्रेस स्वतन्त्रता हननका घटनका दोषिमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको महासंघले जनाएको छ । यसबारे सरकारको ध्यानाकर्षण गरिने मगरले बताउनुभयो ।

सरकारले हत्याको निष्पक्ष छानबिनलगायत महासंघको माग सुनुवाइ नगरेझै आयोगसंग पनि गुनासो गर्ने अवस्था सिर्जना नगर्न महासचिव रामप्रसाद दाहालले सचेत गराउनुभयो ।

दाहालका अनुसार, आज महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आयोग समक्ष आफ्नो माग प्रस्तुत गरेका हुन । केन्द्रीय समितिले आयोग पदाधिकारी, प्रदेश समितिले प्रदेश कार्यालय र शाखाहरूले इमेलमार्फत आयोगको ध्यानाकर्षण गराएका छन् ।

महासंघका महासचिव दाहालका अनुसार सरकारले माग सुनुवाइ नगरेकाले थप दबाब दिने अभियान अन्तर्गत आयोगको ध्यानाकर्षण गराइएको छ ।
महासंघले आइतबार देशभरबाट गृहमन्त्रीलाई महासंघको माग पूरा गर्न दबाब दिने सन्देश पठाउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register