ऐतिहासिक मुसिकोट दरबार पहिरोको जोखिममा

गुल्मी । ऐतिहासिक मुसिकोट दरबार अहिले पहिरोको जोखिममा परेको छ । सडक विस्तारसँगै दरबार पछाडिको भाग खस्दै गएको छ । मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत् एक करोड २५ लाख रुपियाँको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेलले जानकारी दिए । खरेलले मुसिकोटको पहिचान मुसिकोट दरवार पछिल्लो समय पहिरोको जोखिममा परेपछि […]

Jun 17, 2025 - 08:24
 0
ऐतिहासिक मुसिकोट दरबार पहिरोको जोखिममा

गुल्मी ।

ऐतिहासिक मुसिकोट दरबार अहिले पहिरोको जोखिममा परेको छ । सडक विस्तारसँगै दरबार पछाडिको भाग खस्दै गएको छ ।

मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत् एक करोड २५ लाख रुपियाँको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेलले जानकारी दिए ।

खरेलले मुसिकोटको पहिचान मुसिकोट दरवार पछिल्लो समय पहिरोको जोखिममा परेपछि मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका १२ योजना मध्ये सबैभन्दा धेरै बजेट विनियोजन गरेर पहिरो नियन्त्रणको काम भइरहेको बताएका थिए ।

यो कामले पहिरोबाट दरवार क्षेत्रलाई जोगाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको खरेलले बताए । मुसिकोट नगरपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रम मार्फत नगरभित्र तिन करोड बढिका योजनामा काम भइरहेको छ ।

स्वाँरादेखि सालिमे जोड्ने तीन किलोमिटर पदमार्ग निर्माण, कुकुवाखोला थापाटोला चितपानी सिँचाइ, सानीचौर–भर्मचौर–वालुवा सिँचाइ योजना, भुवाचिदीमा कुकुवाखोला तटबन्ध र डाँडाथोक सिँचाइ योजना निर्माणको सम्झौता भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।

त्यस्तै निस्तीखोला ठूला पहिरो क्षेत्र र दरमखोला बसेरी क्षेत्र तटबन्ध, तल्लाफाँट रिङ्गरोडसँगै नाली तथा सिँचाइ कुलाहरु निर्माण र आगलागी जोखिम रहेको तिलेहार ठूलपोखरी वनक्षेत्रमा विपद् जोखिम न्यूनिकरणका लागि अग्नीरेखा निर्माणको काम हुने गिरीले जिकिर गरे । बिपद्को बाहेक सवै काम कार्यान्वयनमा गएको नगरपालिकाले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register