बाख्रा चोरी गर्न आएका समूहमाथि खुकुरी प्रहार, एक जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका २ शिवनगरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमाथि रामधुनी–२ का स्थानीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रामधुनी ४ का बाख्रा चोर राकेश चौधरी रहेको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ । घटनाबारे थप […]

Jun 17, 2025 - 05:33
 0
बाख्रा चोरी गर्न आएका समूहमाथि खुकुरी प्रहार, एक जनाको मृत्यु

सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका २ शिवनगरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । बाख्रा चोरी गर्न आएका तीन जनाको समूहमाथि रामधुनी–२ का स्थानीय सन्तोष चौधरीले खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रामधुनी ४ का बाख्रा चोर राकेश चौधरी रहेको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतकको विराटनरमा पोष्टमार्टम गरिएको छ भने खुकुरी प्रहार गर्ने सन्तोषलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register