यातायात कार्यालयका अधिकृतले जागिर खाएको १९ वर्षमा गरे करिब तीन करोडको भ्रष्टाचार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतममाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार, गौतमले सार्वजनिक पदमा रहँदा (२०५५/०१/०७ देखि २०७९/१२/२४ सम्म) पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ । अनुसन्धानका क्रममा गौतम […]

Jun 17, 2025 - 09:58
 0
यातायात कार्यालयका अधिकृतले जागिर खाएको १९ वर्षमा गरे करिब तीन करोडको भ्रष्टाचार

काठमाडौं । यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतममाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार, गौतमले सार्वजनिक पदमा रहँदा (२०५५/०१/०७ देखि २०७९/१२/२४ सम्म) पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ । अनुसन्धानका क्रममा गौतम र उनकी श्रीमती सरला नेपालको वैधानिक आय (पारिश्रमिक, भत्ता, सम्पत्ति बिक्री, ऋण, शेयर, विमा, कृषि, भाडा, र ब्याज) बाट कुल  २ करोड ८९ लाखभन्दा बढी आर्जन गरेको देखिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सोही अवधिमा गौतमको परिवारको नाममा घर निर्माण, जग्गा/सवारी साधन खरिद, बीमा प्रिमियम, शेयर, सुन खरिद, र बैंक मौज्दातमा कुल  ५ करोड ४० लाखभन्दा बढी खर्च तथा लगानी भएको पाइएको छ । आय र खर्चबीचको अन्तर  २ करोड ५१ लाखभन्दा बढी स्रोत पुष्टि हुन नसकेकोले गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा गौतमलाई अभियुक्त बनाइएको हो । स्रो नखुलेको साेही रकमलाई विगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register