संसद् बैठक आधा घण्टाका लागि स्थगित, रास्वपा सांसदलाई बैठकबाट निकाल्न माग

काठमाडौं । प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउन खोज्दा रास्वपा र राप्रपाका सांसद आसनबाट उठेर विरोधमा उत्रिएका थिए । त्यसपछि सभामुखले रास्वपा सांसद चन्द्रा कार्कीलाई बोल्ने समय दिए । उनले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, अध्यागमन सबैको र्‍याकेटमा मानव तस्करीको जालो रहेको उल्लेख […]

Jun 17, 2025 - 09:40
 0
संसद् बैठक आधा घण्टाका लागि स्थगित, रास्वपा सांसदलाई बैठकबाट निकाल्न माग

काठमाडौं । प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउन खोज्दा रास्वपा र राप्रपाका सांसद आसनबाट उठेर विरोधमा उत्रिएका थिए ।

त्यसपछि सभामुखले रास्वपा सांसद चन्द्रा कार्कीलाई बोल्ने समय दिए । उनले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, अध्यागमन सबैको र्‍याकेटमा मानव तस्करीको जालो रहेको उल्लेख गर्दै यो विषयमा छानबिन गर्नुपर्छ भनेर रास्वपाले कहाँ गल्ती गर्‍यो भनी प्रश्न गरिन् ।

उनले कुनैबेला तत्कालीन कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा मागेको पनि स्मरण गराइन् । उनले रास्वपाले लेखकलाई अपराधी नभनेको उल्लेख गर्दै प्रश्न भने उठेको बताइन् ।

रास्वपा सांसद कार्की बोल्दै गर्दा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले नियामपत्ति जनाए । उनले बैठकमा अभद्र व्यवहार गरेका सांसदलाई सभामुखले बैठकबाट निकाल्न सक्ने नयम रहेको भन्दै रास्वपाले लगाएको स्कार्फमा आपत्ति । उनले सभामुखले रास्वपा सांसदलाई चेतावनी र संसदबाट निष्कासित गर्नुपर्ने माग राखे ।

रास्वपाका सांसदहरू आज निलो क्रान्ति भन्दै निलो स्कार्फ लगाएर संसद् बैठकमा गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register