भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन निर्देशन दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकले पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दामा एकढिक्का भएर अघि बढ्ने निर्णय पनि गरेको छ । यस्तै, बैठकले […]

Jun 19, 2025 - 07:01
 0
भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन निर्देशन दिएको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दामा एकढिक्का भएर अघि बढ्ने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले केन्द्रीय विभागहरुमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ । नीति तथा विचार विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ भने राजन गौतम कृषि विभाग प्रमुख बनेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register