‘सिकरुम’मा बाल्यकालका दुई साथीको अनौपचारिक प्रेमकथा (तस्वीरहरू)

काठमाडौं । कलिना र दिवसको पहिलो भेट बाल्यकालमा विद्यालयको नर्सिङ कोठामा हुन्छ । जहाँ कलिना पेट दुखेर आराम गरिरहेकी हुन्छिन् भने दिवस स्कुलको छतमाथिबाट साइकल चलाउँदै हाम फाल्दा घाइते भएर आएका हुन्छन् । त्यसपछिका आउँदो ३० वर्षसम्म उनीहरूको ‘चोट’, ‘मुटु टुक्र्याउने घटना’, र ‘आत्म–विनाशकारी प्रवृत्ति’हरूले गर्दा बारम्बार भेट हुन्छ । बाल्यकालका दुई साथीको अनौपचारिक प्रेमकथामा […]

Jun 21, 2025 - 05:13
 0
‘सिकरुम’मा बाल्यकालका दुई साथीको अनौपचारिक प्रेमकथा (तस्वीरहरू)

काठमाडौं । कलिना र दिवसको पहिलो भेट बाल्यकालमा विद्यालयको नर्सिङ कोठामा हुन्छ ।

जहाँ कलिना पेट दुखेर आराम गरिरहेकी हुन्छिन् भने दिवस स्कुलको छतमाथिबाट साइकल चलाउँदै हाम फाल्दा घाइते भएर आएका हुन्छन् ।

त्यसपछिका आउँदो ३० वर्षसम्म उनीहरूको ‘चोट’, ‘मुटु टुक्र्याउने घटना’, र ‘आत्म–विनाशकारी प्रवृत्ति’हरूले गर्दा बारम्बार भेट हुन्छ ।

बाल्यकालका दुई साथीको अनौपचारिक प्रेमकथामा आधारित अमेरिकी नाटककार राजिव जोसेफको नाटक ‘Gruesome Playground Injuries’ को नेपाली रूपान्तरण ’सिकरुम’को दृश्य हो यो ।

टेकुस्थित कथाघेराको कौशी थिएटरमा असार ६ गतेदेखि यो नाटकको मञ्चन सुरु भएको छ । आकांक्षा कार्कीको परिकल्पना, रुपान्तरण र निर्देशन रहेको ‘सिकरुम’मा निर्देशक कार्कीसहित नूर खनाल, अभिषेक खड्का र सुदाम सिकेको अभिनय रहेको छ।

कथा घेराको सातौं स्थापना दिवसको उपलक्ष्यमा मञ्चन भएको यो नाटक यही असार २८ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register