मैले मधेसको पक्षमा दुईपटक संविधान संसोधन प्रस्ताव गर्दा ओलीले रोके : प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदमा लिएको संविधान संसोधन प्रस्ताव प्रधानमन्त्री केपी ओलीले रोकेको बताएका छन् । सोमवार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रचण्डले आफूले मधेसी जनताको मागलाई सम्बोधन गर्नुपर्छ भनेर दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले रोकेको बताएका हुन् । ‘मधेसी जनताका लागि मैले दुईपटक संविधान संशोधनको प्रस्ताव संसदमा […]

Feb 10, 2025 - 06:45
 0
मैले मधेसको पक्षमा दुईपटक संविधान संसोधन प्रस्ताव गर्दा ओलीले रोके : प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदमा लिएको संविधान संसोधन प्रस्ताव प्रधानमन्त्री केपी ओलीले रोकेको बताएका छन् ।

सोमवार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा प्रचण्डले आफूले मधेसी जनताको मागलाई सम्बोधन गर्नुपर्छ भनेर दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले रोकेको बताएका हुन् ।

‘मधेसी जनताका लागि मैले दुईपटक संविधान संशोधनको प्रस्ताव संसदमा लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके,’ प्रचण्डले भने, ‘उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’ उनले प्रधानमन्त्री ओलीले ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताए ।

ओलीले यसअघि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको प्रचण्डको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register