जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कैलाली। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रूपैयाँ, ३ हजार भारतीय रूपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Jun 22, 2025 - 09:19
 0
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कैलाली।

धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रूपैयाँ, ३ हजार भारतीय रूपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register