मोटरसाइकल चोरीमा संलग्न एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका ९ विनायक हस्पिटल स्थित सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ३ चोगते बस्ने २९ वर्षीय कुमार लामा रहेका छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२(०५० प १९०० रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०४९ प २४ ६८ राखि चलाईरहेको […]

Jun 22, 2025 - 16:19
 0
मोटरसाइकल चोरीमा संलग्न एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ।

काठमाडौँको टोखा नगरपालिका ९ विनायक हस्पिटल स्थित सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ३ चोगते बस्ने २९ वर्षीय कुमार लामा रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२(०५० प १९०० रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२(०४९ प २४ ६८ राखि चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल रामेछापको उमाकुण्ड गाउँपालिका १ का छेवाङ शेर्पाले काठमाडौं महानरपालिका ६ कपन भृकुटीचोकबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register