सर्वसाधारणलाई निवेदन लेख्न सिकाउने ललितपुर– ३ को प्रयास

ललितपुर । ललितपुर महानगरपालिका– ३ वडा कार्यालयले सार्वजनिक सेवा लिन लागि आवश्यक पर्ने निवेदनको नमूनाहरुलाई समेटिएर सबैका लागि संधैका लागि भन्ने पुस्तक प्रकाशन गरेको छ । वडाबासीहरुलाई सार्वजनिक सेवा लिन सहज होस् भनेर वडा कार्यालय सो पुस्तक प्रकाशन गरेको हो।सो पुस्तक हेरेर पढ्न र लेख्न जान्ने जोकोहीले पनि विविध प्रकारको सिफारिश लिनका निवेदन लेख्न सकिने […]

Feb 20, 2025 - 08:07
 0
सर्वसाधारणलाई निवेदन लेख्न सिकाउने ललितपुर– ३ को प्रयास

ललितपुर ।

ललितपुर महानगरपालिका– ३ वडा कार्यालयले सार्वजनिक सेवा लिन लागि आवश्यक पर्ने निवेदनको नमूनाहरुलाई समेटिएर सबैका लागि संधैका लागि भन्ने पुस्तक प्रकाशन गरेको छ ।

वडाबासीहरुलाई सार्वजनिक सेवा लिन सहज होस् भनेर वडा कार्यालय सो पुस्तक प्रकाशन गरेको हो।सो पुस्तक हेरेर पढ्न र लेख्न जान्ने जोकोहीले पनि विविध प्रकारको सिफारिश लिनका निवेदन लेख्न सकिने छ ।

पुस्तकमा घरजग्गा नामसारी,मोही लगत कट्टा, घर कायम सिफारिश, व्यवसाय ठाउँ सारी, नयाँ घरमा धारा जडान लगायत ५५ प्रकारका सिफारिशका लिन निवेदन नमूना र त्यसका लागि संलग्न गर्नुपर्ने कागजात समेत उल्लेख गरिएको छ ।

वडा कार्यालयबाट प्रवाह हुने सेवा लिन वडाबासीहरु कुनै पनि किसिमबाट अलमल नहोस् भनेर पु्स्तक प्रकाशन गरिएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले पुस्तक लोकार्पण समारोहमा जानकारी दिएका छन् ।

त्यसैगरी पुस्तकमा स्थानीय तहको निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता र हालसम्म भएका कामहरु फेहरिस्त पनि राखिएको छ । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रहेको वडाको काम, कर्तव्य र अधिकार अंश राखिएको छ । सो वडाले हालसम्म प्रकाशित गरेका पुस्तक, नोटबुक सबैमा वडाको काम, कर्तव्य र अधिकार सम्बन्धी खण्डलाई छुटाइएको छैन । ‘ नागरिकहरुमा सचेतना बढोस्।

जनप्रतिनिधिहरुलाई रचनात्मक सल्लाहसहित आवश्यक परे खबरदारी समेत गर्न सकूँन भनेर दैनिक व्यवहारमा आवश्यक पर्ने ऐन,कानुन सम्बन्धी विषयहरु राखी नियमित रुपमा विभिन्न प्रकाशन गर्दै आएको छु।’ वडाअध्यक्ष महर्जनले भने। सो पुस्तक क्युआर कोड गरी पनि पढ्न सकिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register