निर्माण पूरा नहुँदै भत्कियो तामाकोशीको पुल (चार तस्वीरसहित)

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ । आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पूरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्र्याक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा […]

Jun 22, 2025 - 09:33
 0
निर्माण पूरा नहुँदै भत्कियो तामाकोशीको पुल (चार तस्वीरसहित)

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।

आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पूरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्र्याक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पूरै भाँचिएर भुइँमा झरेको स्थानीय पाण्डव प्रसाईंले बताए ।

‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन । आइतबार बिहान पुलबीचको एक कौल स्ल्याब पूरै भाँचिएर झर्यो,’ उनले भने ।

सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८/७९ सो पुलको ठेक्का लगाएको थियो । सो पुल ‘डिजाइन एन्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।

पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुल कुल २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल करबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो ।

सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो । तर पुलको निर्माण नसक्दै भत्किएको छ ।

यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाती गाउँपालिका जान छोटो दूरीको सडक हुनेगरी निर्माण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register