सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आइतबार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो । इलाका […]

Jun 22, 2025 - 10:36
 0
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आइतबार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा५५प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नपा–११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को१०प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नपा–१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।

मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

त्यस्तै को१०प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुभास महतो घाइते भएका छन् । उनलाई उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register