संघीय संसद् बैठक बोलाउन माओवादीको आग्रह

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संघीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको हो । संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र […]

Jan 3, 2025 - 13:44
 0
संघीय संसद् बैठक बोलाउन माओवादीको आग्रह

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संघीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको हो ।

संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रूपान्तरणलगायत विषयमा पनि छलफल भएको उनले बताए । माओवादी स्थायी समिति बैठक शनिबार दिउँसो २ः०० बजे बस्नेगरी स्थगित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register