युएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला बढाउने निर्णय 

काठमाडौँ । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् ।  मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरै मात्र युएईमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् ।  ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरि कामहरु गर्नेछौँ । भर्खरै मात्र युएईमा […]

Jun 24, 2025 - 09:22
 0
युएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला बढाउने निर्णय 

काठमाडौँ । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि सरकारले काम गरिरहेको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरै मात्र युएईमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला बढाउने निर्णय भएको बताएका हुन् । 

‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरि कामहरु गर्नेछौँ । भर्खरै मात्र युएईमा जाने नेपाली श्रमिकहरुको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’, उनले भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’ 

त्यस्तै, मन्त्री भण्डारीले युरोपमा संस्थागत रुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरुमा श्रमिक पठाउने तयारी भइरहेको पनि बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register