अस्ट्रेलियाको मुद्रास्फीति सन् २०२५ को सबैभन्दा न्यून

काठमाडौँ । अस्ट्रेलियाको मुद्रास्फीति मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून वार्षिक दरमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस)का अनुसार, उपभोक्ता मूल्य सूचकांक मे महिनासम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले मात्र बढेको हो । यो दर यस वर्षको अप्रिलमा रहेको २.४ प्रतिशतबाट घटेको हो र सन् २०२४ को […]

Jun 25, 2025 - 12:58
 0
अस्ट्रेलियाको मुद्रास्फीति सन् २०२५ को सबैभन्दा न्यून

काठमाडौँ । अस्ट्रेलियाको मुद्रास्फीति मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून वार्षिक दरमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस)का अनुसार, उपभोक्ता मूल्य सूचकांक मे महिनासम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले मात्र बढेको हो ।

यो दर यस वर्षको अप्रिलमा रहेको २.४ प्रतिशतबाट घटेको हो र सन् २०२४ को अक्टोबरपछि सबैभन्दा न्यून वार्षिक वृद्धि हो । यता, अर्थशास्त्रीहरूले भने २. ३ प्रतिशत वृद्धिको अनुमान गरेका थिए, जुन वास्तविक तथ्याङ्कभन्दा माथि थियो ।

रिजर्भ बैंक अफ अस्ट्रेलियाले प्रयोग गर्ने मुद्रास्फीतिको मुख्य मापन – छाँटकाँट गरिएको औसत दर  पनि अप्रिलको २.८ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । एबीएसका तथ्याङ्क प्रमुख मिचेल माक्र्वार्टका अनुसार, यो दर नोभेम्बर २०२१ पछि सबैभन्दा कम हो ।

एबीएसले जनाएको छ कि मे महिनामा खाद्य तथा मादक पदार्थ, आवास, रक्सी र सुर्तीजन्य वस्तुहरूले उपभोक्ता मूल्य सूचकांक वृद्धिमा प्रमुख योगदान दिएका थिए । खाद्य तथा मादक पदार्थको मूल्य गत वर्षको अप्रिलमा ३.१ प्रतिशतले बढेको थियो भने यो वर्ष २. ९ प्रतिशतको वृद्धिमा सीमित भएको छ ।

त्यस्तै, भाडा दर पनि ४.५ प्रतिशतमा झरेको छ, जुन डिसेम्बर २०२२ पछिको सबैभन्दा न्यून वार्षिक वृद्धि हो । बिजुलीको मूल्यमा ५.९ प्रतिशतको गिरावट आएको छ, जुन सरकारी छुटहरूद्वारा प्रभावित भएको हो । मोटर इन्धनको मूल्यमा समेत १० प्रतिशतले गिरावट आएको छ, जुन सेप्टेम्बर २०२२ पछि सबैभन्दा कम हो ।

विश्लेषकहरूका अनुसार मुद्रास्फीतिमा आएको यो गिरावटले रिजर्भ बैंकलाई ब्याजदर नीतिमा लचकता ल्याउने सम्भावनालाई बल पुर्‍याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register