चौधरीको स्मृतिमा एकदिने निःशुल्क दन्त शिविर र आँखा शिविर

सुनसरी । फरवार्ड माइक्रो फाइनान्सका संस्थापक, समाजसेवी दिनेश चौधरीको १८औँ स्मृति दिवसको सन्दर्भमा एक दिने निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ ।   सुनसरीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा आयोजना गरिएको शिविरमा स्थानीय बासिन्दाहरूले निःशुल्क दन्त परीक्षण, आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गरेका छन् ।  निःशुल्क आँखा शिविर कार्यक्रम रामलाल गोल्छा आँखा […]

Jun 25, 2025 - 13:12
 0
चौधरीको स्मृतिमा एकदिने निःशुल्क दन्त शिविर र आँखा शिविर

सुनसरी ।

फरवार्ड माइक्रो फाइनान्सका संस्थापक, समाजसेवी दिनेश चौधरीको १८औँ स्मृति दिवसको सन्दर्भमा एक दिने निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ । 

 सुनसरीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा आयोजना गरिएको शिविरमा स्थानीय बासिन्दाहरूले निःशुल्क दन्त परीक्षण, आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गरेका छन् ।

 निःशुल्क आँखा शिविर कार्यक्रम रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको प्राविधिक सहयोग, RUIT फाउन्डेसनको सहयोगमा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ली., ग्रामीण महिला उत्सुकता विकास मञ्च, फरवार्ड बचत तथा ऋण संस्था ली. र श्री दिनेश चौधरी स्मृति प्रतिष्ठान (कलेज), फरवार्ड इन्टरप्राइजेज संयुक्त रूपमा आयोजना  गरेको हो ।

शिविरमा आर्सीमा डेनटल क्लिनिक (दुहबी-३, सुनसरी) ले प्राविधिक सहयोग प्रदान गरेको थियो। दक्ष दन्त चिकित्सकहरूको टोलीले सेवाग्राहीहरूलाई सेवा प्रदान गरेका थिए । 

पूर्वमन्त्री तथा संघीय सांसद  भगबती चौधरीको प्रमुख आतिथ्य तथा फरवार्ड माइक्रो फाइनान्सका सिइओ राम दयाल राजवंशीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 त्यस अवसरमा बोल्ने वक्ताहरूले दिवङ्गत चौधरीको समाजसेवाप्रतिको योगदानलाई सम्झिँदै जनस्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन यस्तो निःशुल्क शिविर आयोजना हुनु सकारात्मक पक्ष भएको बताएका थिए । स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत आयोजकहरूले जानकारी दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register