जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म […]

Jun 26, 2025 - 12:30
 0
जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।

त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा निर्धारण भएको उनले बताए ।

पार्टीको महाधिवेशन/अधिवेशनबाट निर्वाचित वा मनोनयनको प्रक्रियाबाट निर्वाचित पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्यहरुले प्रदेश अधिवेशनका लागि प्रतिनिधि/पदाधिकारी वा सदस्यमा उम्मेदवारी दिन पाउने छ । तर उम्मेदवारी दिनुभन्दा अगावै तत्काल कायम रहेको आ–आफ्नो पदीय दायित्वबाट राजिनामा दिई सो स्विकृत भएको प्रमाणसमेत आवेदन/मनोनयन/उम्मेदवारी फारमसँग संलग्न गर्नुपर्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register