वडास्तरीय बालसञ्जाल गठन

उदयपुर ।  त्रियुगा नगरपालिका वडा नं ६ ले मंगलबार वडा कार्यालयमा एक बाल भेलाको आयोजना गरी वडास्तरीय बालसञ्जाल गठन गरेको छ । त्रियुगा नगरपालिका ६ नं वडाध्यक्ष योगेन्द्र बहादुर दाहालको अध्यक्षतामा बसेको बैठकले श्रीपञ्चकन्या माध्यमिक विद्यालय पात्ले बासकी छात्रा कृष्णमाया खड्काको अध्यक्षतामा ९ सदस्यीय वडास्तरीय बालसञ्जाल गडन गरेको वडा सचिव खेमराज कुमाईले बताए । त्रियुगा […]

May 28, 2025 - 17:00
 0
वडास्तरीय बालसञ्जाल गठन

उदयपुर ।

 त्रियुगा नगरपालिका वडा नं ६ ले मंगलबार वडा कार्यालयमा एक बाल भेलाको आयोजना गरी वडास्तरीय बालसञ्जाल गठन गरेको छ ।

त्रियुगा नगरपालिका ६ नं वडाध्यक्ष योगेन्द्र बहादुर दाहालको अध्यक्षतामा बसेको बैठकले श्रीपञ्चकन्या माध्यमिक विद्यालय पात्ले बासकी छात्रा कृष्णमाया खड्काको अध्यक्षतामा ९ सदस्यीय वडास्तरीय बालसञ्जाल गडन गरेको वडा सचिव खेमराज कुमाईले बताए ।

त्रियुगा नगरपालिका वडा नं ६मा रहेका सामुदायिक विद्यालय  संस्थागत विद्यालयका छात्रछात्राहरुको सहभागितामा भएको सो बालभेलाले बालसञ्जालको उपाध्यक्षमा जनता मा.वि देउरीकी छात्रा अदिति काफ्ले , सचिवमा उदयपसी अंग्रेजी मा.वि. जलजलेका मिसन खड्काछन भने कोषाध्यक्ष र सहसचिव पदपछि मनोनित गर्नेगरी रिक्त राखिएको छ । 

सो बालसञ्जालको सदस्यहरुमा जनता मावि देउरीका राज परियार, मायाशंकर प्रसाद गुप्ता, पञ्चकन्या माविकी सारिका तामाङ र उदयसी अंग्रेजी स्कुलका जोधन चौधरी रहेका छन् ।

सो बालसञ्जालको बैठकले प्रत्येक महिनाको अन्तिम शुक्रबार बैठक बस्ने र वडास्तरीय स्थानीय बालमैत्री समितिमा कृष्णमाया खड्का र अदिति काफ्लेलाई समावेश गराउने निर्णय गरिएको ६ नं वडा सचिव कुमाईले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register