नेकपा–माओवादी एकता सम्भव नभएको निष्कर्ष : विप्लवको मोर्चा रणनीति अघि बढ्ने

काठमाडौं । नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’) र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता अब तत्काल सम्भव नरहेको निष्कर्ष निकालिएको छ । खुमलटारमा केही दिनअघि पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटपछि यस्तो निष्कर्ष निकालिएको नेकपाले जनाएको छ । असार ७ गते महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाश) प्रचण्ड निवासमा पुगेका थिए । भेटमा […]

Jun 27, 2025 - 03:06
 0
नेकपा–माओवादी एकता सम्भव नभएको निष्कर्ष : विप्लवको मोर्चा रणनीति अघि बढ्ने

काठमाडौं ।

नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’) र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता अब तत्काल सम्भव नरहेको निष्कर्ष निकालिएको छ । खुमलटारमा केही दिनअघि पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटपछि यस्तो निष्कर्ष निकालिएको नेकपाले जनाएको छ ।

असार ७ गते महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाश) प्रचण्ड निवासमा पुगेका थिए । भेटमा पार्टी एकताको ढिलाइ, माओवादीभित्रको अन्तरविरोध, र वामपन्थी मोर्चाबन्दीबारे गम्भीर छलफल भएको थियो ।

नेकपाका प्रवक्ता विश्वकर्माका अनुसार, “सैद्धान्तिक रूपमा एकता सम्भव भए पनि व्यवहारिक रूपमा माओवादीभित्रको अन्तरविरोध र प्रचण्डको अनिच्छाले एकता अवरुद्ध भयो ।” अब नेकपाको आगामी केन्द्रीय समिति बैठकमा उक्त विषयमा पुनः छलफल हुने जनाइएको छ । तर, नेकपा अब नयाँ फोर्सको रूपमा आफ्नै ढंगबाट अघि बढ्ने संकेत दिएको छ ।

प्रचण्डले पनि भेटमा एकता गर्ने हतारभन्दा मोर्चाबन्दी नै प्रभावकारी हुने धारणा राखेको नेकपाले जनाएको छ । दुई पक्षबीच अघिल्लो निर्वाचनकालदेखि नै एकता सम्बन्धी पहल चल्दै आएको थियो । २०८१ वैशाख १८ गते नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णयसमेत गरेको थियो, तर नौ महिनासम्म कुनै प्रतिकृया नआएपछि नेकपा असन्तुष्ट बनेको हो ।

त्यस्तै, माओवादी नेताहरूले भने वामपन्थी दलहरूबीच एकता, सहकार्य र ध्रुवीकरणको प्रयास जारी रहेको बताएका छन् । प्रवक्ता अग्नि सापकोटाले आगामी केन्द्रीय समिति बैठकले एकता प्रक्रिया र जिम्मेवारी बाँडफाँटबारे निर्णय लिने जानकारी दिए ।

दुबै पार्टीले आगामी महिनामा केन्द्रीय समिति बैठक गर्ने तयारी गरिरहेका छन् । त्यसपछि वामपन्थी दलहरूबीचको एकता हुने वा नहुने विषयमा ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register