वारेन बफेट बने विश्वकै सबैभन्दा धेरै दान गर्ने व्यक्ति 

काठमाडौँ । वारेन बफेट विश्वकै सबैभन्दा धेरै सम्पत्ति दान गर्ने व्यक्ति बनेका छन् । बफेटले आफ्नो कम्पनी बर्कशायर हाथवेको करिब ६ अर्ब डलर बराबरको रकम दान गरेसँगै उनी सबैभन्दा धेरै निजी सम्पत्ति दान गर्ने व्यक्ति बनेका हुन् ।  बर्कशायरको ६ अर्ब डलर दान गर्ने घोषणासँगै बफेटले संस्थागत रुपमा दिएको दान रकम करिब ६० अर्ब डलर […]

Jun 30, 2025 - 04:48
 0
वारेन बफेट बने विश्वकै सबैभन्दा धेरै दान गर्ने व्यक्ति 

काठमाडौँ । वारेन बफेट विश्वकै सबैभन्दा धेरै सम्पत्ति दान गर्ने व्यक्ति बनेका छन् । बफेटले आफ्नो कम्पनी बर्कशायर हाथवेको करिब ६ अर्ब डलर बराबरको रकम दान गरेसँगै उनी सबैभन्दा धेरै निजी सम्पत्ति दान गर्ने व्यक्ति बनेका हुन् । 

बर्कशायरको ६ अर्ब डलर दान गर्ने घोषणासँगै बफेटले संस्थागत रुपमा दिएको दान रकम करिब ६० अर्ब डलर पुगेको छ । 

विश्वकै १३औँ धनी व्यक्ति बनिसकेका बफेटले व्यक्तिगत रुपमा दिएको दानको भने हिसाब नरहेको बफेट फाउन्डेसनले जनाएको छ । यसअघि सबैभन्दा धेरै दान गर्नेमा बिल गेट्स अगाडि थिए । हाल बिल गेट्सलाई समेत पछि पार्दै बफेट सबैभन्दा धेरै दान गर्ने व्यक्ति बनेका छन् । 

बिग गेट्सले हालसम्म ५५ अर्ब डलर दान गरेका छन् । त्यस्तै, सबैभन्दा धेरै दान गर्ने व्यक्तिको तेस्रो स्थानमा रहेका जर्ज सोरसले भने हालसम्म २३ अर्ब डलर दान गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register