नेपाल सुपर लिगको मिनी अक्सन आज, ६० खेलाडीको लागि सात टोलीको प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि मिनी अक्सन आज हुँदैछ। शनिबार बिहान १० बजे झम्सीखेलमा सुरु हुने अक्सनमा ६० जना खेलाडी सामेल हुनेछन्। जसमा ‘ए’ क्याटगोरीको १५ र ‘बी’ का ४५ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । आजको अक्सनमा ‘ए’ र ‘बी’ ग्रेडका खेलाडीमा लिलामी हुनेछ। ‘सी’ क्याटगोरीका खेलाडीका लागि पछि […]

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि मिनी अक्सन आज हुँदैछ।
शनिबार बिहान १० बजे झम्सीखेलमा सुरु हुने अक्सनमा ६० जना खेलाडी सामेल हुनेछन्। जसमा ‘ए’ क्याटगोरीको १५ र ‘बी’ का ४५ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
आजको अक्सनमा ‘ए’ र ‘बी’ ग्रेडका खेलाडीमा लिलामी हुनेछ। ‘सी’ क्याटगोरीका खेलाडीका लागि पछि छुट्टै ड्राफ्ट हुने आयोजकले जनाएको छ।
फ्रेन्चाइजहरुले ‘ए’ क्याटगोरीबाट एक खेलाडी, ‘बी’ बाट दुई खेलाडी रिटेन गर्न सक्नेछन्। तर, ती दोस्रो संस्करणमा सोही टोलीबाट खेलेको हुनुपर्नेछ।
हरेक टोलीमा २२ देखि २३ खेलाडी हुनेछन्। जसमध्ये १ जना मार्की खेलाडी रहने छन् भने २ देखि ३ ‘ए’ क्याटगोरीका खेलाडी हुनेछन्। यसमा एक जना रिटेन गरिएका खेलाडी हुनेछन्।
त्यस्तै ‘बी’ क्याटगोरीका ६ जना खेलाडी सहभागी हुनेछन्। ‘सी’ क्याटगोरीबाट हरेक टोलीसँग ४ खेलाडी हुनेछन्।
यो संस्करणमा ७ टोलीले मात्र प्रतिस्पर्धा गर्दैछन्। वीरगंज युनाइटेट र स्पोर्टिङ इलामले प्रतिस्पर्धा नगर्ने जनाइएको छ ।
What's Your Reaction?






